alliance khabar

बुधबार, पौष २४, २०८१

१.  त्रिवि स्थापनाको साढे छ दशकको अवधिमा सर्वाधिक बढी विद्यार्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो ?

 ५० औँ दीक्षान्त समारोह (विसं २०८१ पुस १३)

–  त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा दशरथ रङ्गशालामा पुस १३ मा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४,३०८ जना विद्यार्थी सहभागी भएका ।

–  यसअघि सबैभन्दा धेरै विद्यार्थी गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा १२,३७४ जना विद्यार्थी सहभागी थिए ।

–  अबदेखि छ–छ महिनामा दीक्षान्त समारोह आयोजना गर्ने पनिकाले जनाएको ।

२.  नेवाःपत्रकार राष्ट्रिय दबूले स्वतन्त्र सेनानी पुरस्कार २०८१ कसलाई प्रदान ग-यो ?

 स्व. सत्यनारायणबहादुर श्रेष्ठ

–  सो संस्थाले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्ष (२०८०) देखि पुरस्कार प्रदान गर्न थालेको ।

३.  सहकारी ऐनमा भएको नयाँ व्यवस्था अनुसार एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ ?

 रु. ५० लाख

–  अब एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेका सहकारीलाई २५ लाखसम्म र एक जिल्ला मात्र कार्यक्षेत्र रहेका सहकारीलाई १० लाख रुपियाँसम्म बचतको सीमा तोकिएको ।

– विसं २०८१ पुस १४ मा जारी सहकारीसम्बन्धी नयाँ अध्यादेशमा सोसम्बन्धी व्यवस्था गरिएको ।

–  बचत तथा ऋण सहकारीमा दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नमिल्ने व्यवस्था गरिएको ।

४.  विद्युत् विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत् जडित क्षमता कति पु-याउने लक्ष्य छ ?

 २८ हजार ५०० मेगावाट

–  विसं २०८१ पुस १६ को मन्त्रीपरिषद् बैठकले सो मार्गचित्र स्वीकृत गरेको ।

–  सन् २०३५ सम्ममा १५ हजार मेगावाट विद्युत् भारत, बङ्गलादेश र चीनमा निर्यात गर्ने लक्ष्य राखिएको ।

–  उत्पादित विद्युत्मा १३ हजार ५०० मेगावाट विद्युत् नेपालमै खपत गर्ने लक्ष्य रहेको । हाल नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको ।

–  मार्गचित्र अनुसार सन् २०३५ सम्ममा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रहेको । अहिले भारतमा वर्षामा एक हजार मेगावाटसम्म विद्युत् निर्यात हुने

गरेको छ ।

–  सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पु-याउने लक्ष्य लिइएको । हाल नेपालको प्रतिव्यक्ति खपत प्रतिवर्ष ४१० युनिट रहेको ।

–  अहिले नेपालमा भएका सवस्टेसनको क्षमता दुई हजार ५०० एमभिए छ । २०३५ सम्म ४० हजार एमभिए क्षमताको सबस्टेसन बनाउने लक्ष्य लिइएको ।

–  हाल देशभर सात हजार किमी सर्किटको प्रसारण लाइन रहेको । अब थप १७ हजार ४०० किमी सर्किट प्रसारण लाइन बनाउनुपर्ने देखिएको ।

५.  सरकारले पाँचौँ सस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले गर्ने निर्णय गरेको छ ?

 विसं २०८१ फागुन १६ र १७, काठमाडौँ

६.  एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

 दोहोरो कर मुक्ति सम्झौता (म्त्ब्ब्)

७. नेपालसँग बिप्पा र दोहोरो करमुक्ति दुवै सम्झौता भएका मुलुक कुन कुन हुन् ? 

 भारत र मौरिसस

८.  बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?

 कादम्बरी

९. ‘गुरिल्ला अफ टाइम’ कुन व्यक्तित्वको जीवनमा आधारित पुस्तक हो ?

 फिडेल क्यास्ट्रो (क्युबा)

१०.  पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?

 सुन्दरलाल बहुगुणा

–  भारतको गडवाल क्षेत्रमा वन फँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका ।

–  सकेसम्म रुख नकाट, रुख काट्ने नै भए पहिले हामीलाई समाप्त गरेर मात्र रुख काट भन्ने प्रतीकात्मक सन्देश दिने उद्देश्यका सााथ अभियान सञ्चालन गरिएको ।

११. इतिहासकार पुरुषोत्तमशमशेर राणाको निधन कहिले भएको हो ? 

 विसं २०८१ मङ्सिर २० (९९ वर्षको उमेरमा)

– राणाका श्री ३ हरूको तथ्य वृत्तान्त (तीन भाग), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, मेरो जीवनका स्मृतिहरू, जङ्गबहादुर र राणाकालीन दर्पणलगायतका पुस्तक प्रकाशित छन् ।

– राणा रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोरा हुन् । जुद्धशमशेरले हजुरबुबा रुद्रशमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र आठ वर्षका थिए ।

१२. नेपालले कार्बन व्यापारबाट पहिलो पटक कति रकम प्राप्त गरेको छ ? 

 रु. एक अर्ब ६० करोड

– विश्व बैङ्कको वन–कार्बन साझेदारी सुविधा (एफसिपिएफ) कार्यव्रmमसँगको सम्झौताका आधारमा नेपालले पहिलो किस्तामा सो रकम प्राप्त गरेको ।

– रौतहटदेखि कञ्चनपुरसम्मका तराईका १३ जिल्लाका १७ लाख हेक्टर वनजङ्गलबाट सन् २०१८ देखि सन् २०२४ सम्म २.४ मिलियन टन कार्बन उत्सर्जन घटाएबापत विश्व बैङ्कबाट सो रकम प्राप्त भएको ।

१३. दक्षिण एसियाकै पहिलो सुरुङ मानिने चुरियामाई सुरुङ मार्ग सर्वसाधारणका लागि कहिले खुला गरिएको हो ? 

 विसं २०८१ पुस ८

– चुरियामाई सुरुङमार्गको डिजाइन र निर्माण कार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा विसं १९७४ मा सुरु भएको । तत्कालीन समयमा सुरुङ बनाउन दुई वर्ष लागेको बताइन्छ ।

– इतिहासकार टोनी हेगनका अनुसार सो सुरुङमार्ग दक्षिण एसियामै पहिलो भएको उल्लेख ।

– पुनर्निर्माण कार्य सम्पन्न गरी सो सुरुङमार्ग २०८१ पुस ८ देखि सर्वसाधारणका लागि खुला गरिएको ।

१४. ७७ जिल्लामै शाखा पु-याएको निजी क्षेत्रको पहिलो बैङ्क कुन हो ? 

 ग्लोबल आईएमई बैङ्क लि.

१५. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रत्यक्ष पहुँच एकाइका रूपमा मान्यता दिने अन्तर्राष्ट्रिय संस्था कुन हो ? 

 हरित जलवायु कोष (जिसिएफ)

१६.  नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?

 नगरपालिकाको उपप्रमुख

१७.  अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 अर्थमन्त्री

१८. ‘फल आर्मी वर्म’ केसँग सम्बन्धित छ ?

 मकैबाली सखाप पार्ने किरा

१९.  पाठ्यक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?

 उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ कौशल र मूल्याङ्कनको लेखाजोखा

२०.  महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीका पालामा शिक्षामन्त्री भएका थिए ?

 डा. केआई सिंह

२१. बैङ्किङ क्षेत्रको ओस्कार मानिने बैङ्क अफ द इयर २०२४ अवार्डबाट सम्मानित नेपाली बैङ्क कुन हो ? 

 सिटिजन बैङ्क इन्टरनेसनल

– बेलायतस्थित द फाइनान्सियल टाइम्सद्वारा सन् २०२४ डिसेम्बर ४ तारिखमा लन्डनमा आयोजित कार्यव्रmममा बैङ्कलाई सो अवार्ड प्रदान गरिएको ।

– दी फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैङ्कको कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैङ्क अफ दी इयरबाट सम्मानित गर्ने गरेको ।

२२. फाइभ आई अलायन्स भन्नाले के बुझिन्छ ? 

 अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित जासुसी सञ्जाल

२३. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहो¥याएर आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन् ? 

 सानु शेर्पा (सङ्खुवासभा)

२४. प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्डमा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ? 

 दी ब्रुटालिस्ट

– दी ब्रुटालिस्टले पाँच विधामा उत्कृष्ट अवार्ड हात पारेको ।

८२ औँ संस्करणको अवार्डमा चलचित्र इमिलिया पेरेजले म्युजिकल÷कमेडीसहित चार विधामा आपूmलाई उत्कृष्ट बनाउन सफल भएको ।

 यसै गरी नेटफ्लीक्सतर्फ म्युजिकल÷कमेडी र उत्कृष्ट गैरअङ्ग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको ।

– उत्कृष्ट अभिनेता: एड्रिन ब्रोडी (दी ब्रुटालिस्ट)

– उत्कृष्ट अभिनेतृ: फेरान्डा टोरेस (आई एम स्टिल हियर)

– उत्कृष्ट निर्देशक: ब्राडी कार्बेट (दी ब्रुटालिस्ट)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल