alliance khabar

सोमबार, आषाढ ११, २०८०

काठमाडौं । रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादनको नीति अनुरूप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बाट किसानलाई दिइँदै आएको प्रति लिटर दुई रुपैँया अनुदानलाई बढाएर २ रुपैँया ५० पैसा पुर्याउने उल्लेख गरेको छ ।

नगरका प्रमुख सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने र सबै वडामा गुणस्तरीय सेवा प्रवाह गर्ने उल्लेख छ । आधारभूत तहका विद्यालय उमेर ५–१२ वर्षका सम्पूर्ण बालबालिकालाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्नाको सुनिश्चितता गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न १५ शय्याको मन्थली अस्पताललाई ५० शय्याको अस्पतालमा विस्तार गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । छोरीको जन्मलाई प्रोत्साहित गर्न छोरी बचत प्रोत्साहन कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ । नगर–वडा साझेदारी विकास निर्माणमा बराबरीको नीति अनुसार ५०/५० प्रतिशतमा वडाबाट प्रस्ताव गरेका एउटा वडा बराबर एउटा ठुलो आयोजनालाई १५ लाख बजेट थप गरी कार्यान्वयन गर्ने उल्लेख छ । पानीका मुहान संरक्षण गरी पुराना आहाल, पोखरी र रिचार्ज पोखरीहरूको निर्माण तथा सुधार गर्ने कार्यक्रमहरू नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाका विद्यालयमा कक्षा एक देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन नीतिलाई प्रभावकारी बनाउँदै लैजाने नीति नगरपालिकाले लिएको छ । कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने कार्यक्रम ल्याएको छ ।

नगर सभामा मन्थली उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार र पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैँया रहेको छ । नगरपालिकाको ५ करोड ३० लाख रुपैँया आन्तरिक श्रोत बाट आम्दानी हुने लक्क्ष रहेको छ l

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल