alliance khabar

शुक्रबार, पौष १२, २०८१

सल्यान, पुस १२ गते ।

यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने गरी काम गरिरहेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले रणनीति बनाउन लागेका हुन् ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश टेवकोटाले विवाह गर्ने उमेरमा सम्बन्धविच्छेदकालागि उजुरी न्यायिक समितिसम्म आउनु दुःखद छ ।

बालविवाह रोक्न रणनीतिक योजना तयार गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बालविवाह कानुनी रूपमा वर्जित भए पनि बालविवाह हुने गरेकाले बालविवाह रोक्न आउँदो नगर सभामै खाका प्रस्तुत गर्ने गरी काम भइरहेको छ ।

कपुरकोट गाउँपालिकामा पुस १५ सम्म रणनीति बनाइसक्ने गरी काम भइरहेको छ । पालिकाभित्र बालविवाहको अध्ययन गर्न पछिल्लो पाँच वर्षयताको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल