alliance khabar

सोमबार, पौष ०१, २०८१

बाजुरा, पुस १ गते ।

 साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ । सरकारबाट सहुलियत हुने नुन बिक्रीको तथ्याङ्क लिन तथा यसको दुरुपयोग रोक्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले यहाँका ग्राहकलाई नुन लिन वडाको सिफारिस ल्याउन अनिवार्य गरेको हो ।

यसअघि नागरिकता देखाएर एक जनालाई पाँच पोका नुन दिने गरेकाले एकै घरका धेरैले नागरिकता देखाउँदै नुनको दुरुपयोग गर्न थालेपछि कार्यालयले त्यसलाई रोक्न यहाँका चार डिपो र दुई नुन बिक्री केन्द्रमा समेत वडाको सिफारिस ल्याउन अनिर्वाय गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले जनाएको छ । बाजुरामा पछिल्लो समय मार्तडी, कोल्टी, कवाडी र बार्जुगाडको मौरे गरी चार वटा डिपो कार्यालय छन् । गौमूल गाउँपालिकाको कृतिचौर र खप्तड छेडेदह गाउँपालिका–५ को डोगडीमा दुई वटा नुन बिक्री केन्द्र स्थापना गरिएको छ ।

अहिले यहाँ स्थानीयले सोही नुन बिक्री केन्द्रबाट सरकारले दिने गरेको सहुलियत मूल्यको नुन किनी खाने गरेका हुन् । बाजुरामा सबैभन्दा बढी फागुनदेखि जेठसम्म नुन बिक्री हुने गर्छ । यहाँका बासिन्दा असारमा खेतीपातीमा व्यस्त हुने भएकाले फागुनदेखि जेठसम्म बढी नुन किनी बर्खाका लागि जोहो गर्छन् । बाजुरामा २०८१ मङ्सिर २८ सम्म तीन हजार ९९७.५० क्विन्टल नुन बिक्री भएको छ । एक हजार २१.५० क्विन्टल नुन डिपोमा स्टक रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेक बोहराले बताउनभुयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल