alliance khabar

सोमबार, मंसिर १७, २०८१

चरीकोट मंसिर १७ गते ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको  मत परिणामअनुसार  माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय  मत प्राप्त गर्नुभएको छ।। यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७२७ मत पाउनुभएको छ ।

यस्तै, रास्वपाकी उमा श्रेष्ठको १००, नेकपा एसकी रविना खड्काको ९० मत, राप्रपाको मनुकुमारी श्रेष्ठको ११८ मत आएको छ । गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका थिए । गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल