alliance khabar

शनिबार, कार्तिक २४, २०८१

काठमाडौँ, कात्तिक २४ गते । 

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो । ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो ।  ‘पूर्णबहादुरको सारङ्गी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन् । कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रले बिहीबार नेपालभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाएको थियो । यसले नेपाली चलचित्रको इतिहासमै एकै दिन सबैभन्दा धेरै सो पाउने नेपाली चलचित्रको कीर्तिमानसमेत बनाएको फिल्म निर्माण संस्था सेभेन सिजले जनाएको छ । तिहारको अघिल्लो दिन शुव्रmबार दुई भारतीय चलचित्र प्रदर्शन भएसँगै हलहरूले चलचित्रलाई जम्मा ५७ सोमा खुम्च्याइदिएका थिए । भारतीय चलचित्र ‘सिङ्घम अगेन’ लाई उनीहरूले १२१ सो र ‘भुलभुलैया ३’ लाई ८३ सो दिएका थिए । चलचित्रले अहिले चार सयभन्दा बढी सो पाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्टनारायण हललगायत हलले दिएको सोको हिसाबकिताब राम्रोसँग आएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल