Roshan Pokharel Biratnagar

शनिबार, जेठ २०, २०८०

काठमाण्डौं
हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषता बारे मन्थन र मुक्तक वाचनले स्रोतालाई मन्त्रमुग्ध पारेको थियो ।

लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफनो जिवन भोगाईलाई कृतिको रुपमा प्रकाशनमा ल्याउनुभएको पुस्तकले समाजमा आम मानिसलाई जिवनको विषयमा सहि जानकारी दिने बताउनुभयो ।

नेपाली साहित्यकारहरुलाई समूहमा एकजुट भएर नेपाली साहित्यलाई विकास र विस्तार गरि साहित्यकारहरुलाई राज्यबाट संरक्षण गरिनुपर्ने बताउनुभयो । हामी र हाम्रो कृति कार्यक्रमको संरचना र उद्देश्य बारे साहित्यकार मदन नेपालले जानकारी गराउनु भयो ।

कार्यक्रममा विभिन्न संस्थाका प्रमुख लगायत मुक्तकका अनुरागीहरुले सोहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भयो । कार्यक्रममा साहित्यकार , पत्रकार र आम साहित्यप्रेमी हरुको उल्लेख्नीय सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल