alliance khabar

सोमबार, भाद्र ३१, २०८१

काठमाडौँ, भदौ ३१ गते ।

संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । काठमाडौँको दरबारमार्गमा असोज ३ गते आयोजना गरिने कन्सर्टमा राष्ट्रिय भावना र भ्रातृत्वले प्रेरित अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गायन प्रस्तुत गरिने छ ।

समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १५१ व्यक्तित्वद्वारा स्वस्फूर्त रूपमा गठित नेसनल डे काउन्सिलद्वारा राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्करले नागरिकस्तरमा स्वस्फूर्त रूपमा संविधान तथा राष्ट्रिय दिवस साङ्गीतिक कार्यक्रमका साथ मनाउने तयारी देख्दा खुसी लागेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले जाति, धर्म, भूगोल र राजनीतिभन्दा माथि संविधान रहेकाले नागरिकस्तरमै भव्य रूपमा संविधान तथा राष्ट्रिय दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आयोजकका तर्फबाट गायिका कुन्ती मोक्तान, सङ्गीतकार अशोक राई, कलाकार विल्सनविक्रम राई, पोइट आइडल विपना अधिकारीलगायतले आयोजकका तर्फबाट नागरिकस्तरमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’ लाई भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गर्नुभयो ।

सङ्गीतकार अशोक राईका अनुसार असोज ३ गते दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्ट चार घण्टासम्म सञ्चालन हुने छ । दरबारमार्गमा खानाका स्टलका साथै आतसबाजी र राष्ट्रिय झन्डा उठाएर भव्य रूपमा राष्ट्रिय दिवस मनाइने छ । कार्यक्रममा इमिरेट्स ब्यान्ड, कुटुम्ब ब्यान्ड, अन्तरा ब्यान्ड, देविका वन्दना, सुगम पोखरेलका प्रस्तुति रहने छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिने जनाइएको छ । त्यसका लागि राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत तयार पारिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल