alliance khabar

सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ, ४ भदौ

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम तथा त्यसमा पार्टीको भूमिकाबारे पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको वैचारिक दृष्टिकोणमा केन्द्रित बैठकमा ४९ नेताले धारणा राख्नुभएको थियो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आसन्न केन्द्रीय कमिटी बैठक र महाधिवेशनका तयारीबारे विशेष छलफल गरिएको बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति निर्माणका कार्ययोजनामा छलफल गरिएको थियो ।

देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र हाम्रो कार्यभार, राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल गरिएको थियो । पार्टीले यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल