alliance khabar

सोमबार, भाद्र ०४, २०८०

गण्डकी, ४ भदौ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभएको छ । प्रदेश समन्वय समितिको बैठकमा उहाँले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमार्फत छनोट भएर आएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभयो ।

“कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन सङ्घले गर्ने भन्ने छनोट गर्न योजना बैंक आवश्यक परेको हो”, उहाँले भन्नुुभयो, “ढिलोमा फागुन मसान्तसम्म योजना छनोट गरिसक्ने तयारी छ ।” छनोटमा परेका योजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइने बताउँदै उहाँले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गर्ने गरी तयारी गरिएको जानकारी गराउनुुभयो ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका ८५ वटै पालिकाबाट सुझाव लिइने मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्च वर्षीय योजनाको अवधारणा पत्र तयार गरेको बताउँदै उहाँले उक्त अवधारण पत्रमाथि जोकोहीले सुझाव दिन सक्ने बताउनुुभयो । नीति योजना आयोगले जोकोहीले सुझाब दिन मिल्ने गरी अनलाइनबाट तयार गर्ने उहाँले बताउनुुभयो ।

स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशले योजना अनुगमनमा पनि सहकार्य गर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशमार्फत सञ्चालित योजनाको स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशका जनप्रतिनिधिले अनुगमन गर्ने बताउनुुभयो । स्थानीय तह र प्रदेशलाई बलियो बनाउन आम्दानीको स्रोत पहिचान हुनुपर्नेमा उहाँको जोड छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरू स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल