तनहुँ, २३ वैशाख : प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौँ पु¥याउनुपर्ने बाध्यता थियो । अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन […]
चितवन, २२ वैशाख : गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई […]
सिमकोट (हुम्ला), १९ वैशाखः हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् । सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्मा नेतृत्वको काठमाडौँ […]
वासिङ्टन,डिसी, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको […]
काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी […]
झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन […]
गोरखा, १५ वैशाख ; सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिनुभयो । भवन निर्माणका लागि कूल रु ५१ लाख ७८ हजार आठ सय ४८ खर्च भएको उहाँले बताउनुभयो । “ठेकेदारसँग […]
महोत्तरी, १३ वैशाख : मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले (फइलेरिया) विरुद्ध महोत्तरीमा सङ्गठित र साझा अभियान थालिएको छ । वैशाख १६ गते आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि सुरु गरिने १० दिने ‘आम औषधी सेवन अभियान’ मा कोही नछुटून् भन्ने अभिप्रायले यसलाई सङ्गठित र साझा अभियान बनाइएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ […]
कर्णाली, १३ वैशाखः कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तक्र्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । अन्तक्र्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको […]
दमौली (तनहुँ), ९ वैशाख: जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार […]