जुम्लामा शान्ति सुरक्षालाई मजबुत बनाउन सिसी क्यामेरा जडान गरिँदै

जुम्ला, २६ मङ्सिर : जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले रु ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभयो । सिसी क्यामेराको प्रत्यक्ष निगरानी […]

पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

काठमाडौँ, २६ मङ्सिरः पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका […]

आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस

काठमाडौँ, २६ मङ्सिर: स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ । सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो […]

प्रदेशले सङ्घीयता कार्यान्वयन गर्न कानुन निर्माणलाई पूर्णता दिनु आवश्यक : सभामुख पाठक

भक्तपुर, २६ मङ्सिर : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सङ्घीयता कार्यान्वयका लागि प्रदेशले आफ्नो ऐन, नीति, कानुन निर्माणलाई पूर्णता दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ । प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवहरूका लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले अब प्रदेशको ऐन, नियम, कानुन, विधेयक […]

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा, २६ मङ्सिर : बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको […]

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम), २६ मङ्सिर : गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा […]

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

गण्डकी, २६ मङ्सिर : “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।” पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो […]

विपन्न हरवाचरवा दलित महिला भन्दछन् ः दुःखको दिन गए

सप्तरी, २५ मङ्सिर : केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन् । पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उहाँ अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुःखको दिन गएको हो । गाउँमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी सदाको […]

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

काठमाडौँ, २५ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने […]

कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक

भक्तपुुर, २५ मङ्सिर : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताउनुभयो । बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उहाँले यस्तो बताउनुभएको हो । प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल