उदयपुरमा तीन महिना श्रमदान गरेर बाटो निर्माण

कटारी (उदयपुर), ३० फागुन : उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो । खसिबास गाउँबाट गुफा पुग्न करिब दुई […]

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

त्रिशूली (नुवाकोट), ३० फागुन : नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार पक्राउ […]

शिलान्यासको चार वर्षपछि भवन निर्माण सुरु गरिँदै

मध्यविन्दु (नवलपरासी), ३० फागुन : शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ । जिल्लाको नमूना सदरमुकाममा संरचना निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोड स्रोत सुनिश्चित गरेपछि संरचना निर्माणको प्रक्रिया सुरु भएको हो । पहिलो चरणमा सदरमुकामस्थलमा जिल्ला प्रशासन कार्यालयको भवन र […]

नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन

काठमाडौँ, ३० फागुन : नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ । यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनाका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष […]

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

काठमाडौँ, ३० फागुन : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले […]

आजको प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि […]

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

डोटी, २९ फागुन : डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो । बासमती धान विक्री गर्नका लागि बजारको समस्या छैन । उत्पादित भएको धान सबै बिक्री हुन्छ । बासमती धान […]

भोट माग्दा गरेको वाचा पूरा गर्न सकेको छैन : सांसद बिना देवी

काठमाडौँ, २९ फागुन ः राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र आफूले प्रतिनिधित्व गरेको ठाउँ रौतहटमा केही राम्रो काम गरेर देखाउने तीव्र इच्छा छ । तर सांसद भएको डेढ वर्ष बितिसक्यो, कानुन बनाउनेतर्फ खासै काम गर्न सकिएको […]

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली), २९ फागुन : धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि […]

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ढोरपाटन (बागलुङ), २९ फागुन : ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ