Alliancekhabar

बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौँ, ३० फागुन : नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ । यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनाका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले जानकारी दिनुभयो । रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ ।

लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्यलगायतमा सेवामूलक गतिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल