alliance khabar

बुधबार, फाल्गुण ३०, २०८०

कटारी (उदयपुर), ३० फागुन : उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो ।

खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । वनक्षेत्र र पहाडी जङ्गलका कारण समस्या भएपछि स्थानीयले श्रमदानबाट आवतजावत गर्न बाटो बनाएका हुन् । यसका लागि पञ्चावती मावि खसिबासका पूर्वप्रधानाध्यापक ज्ञानबहादुर तामाङले नेतृत्व लिनुभएको थियो ।

चालीसवर्ष शिक्षण पेसामा संलग्न भई अवकाश लिनुभएका उहाँलाई झण्डै तीन महिना जनश्रमदानका लागि स्थानीय लासाङ्ग तामाङसँगै स्थानीयवासीले सहयोग गरेका थिए । “दुई दाजुभाइ र गाउँलेले झण्डै तीन महिना बाटो खन्यौँ”, उहाँले भन्नुभयो, “आफ्नो ठाउँको मन्दिर ओझेलमा परेपछि यसको विकासका लागि आफैँ लागेर बाटो खनेका हौँ ।”

गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत पनि १० जनाले सय दिनको काम गरिरहेका छन् । कटारी–१ का वडाध्यक्ष पदमलाल मगरले भन्नुभयो, “उक्त गुफा नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो ।”

यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ । अहिले खसिबास स्थानीयले पूर्वशिक्षक तामाङकै नेतृत्वमा श्रमदानबाट खसिबासबाट वडाकै वेलसोत जाने बाटो खनिरहेका छन् । जङ्गलको बीचमा रहेको गाउँबाट अन्यत्र जानसमेत समस्या भएपछि गाउँलेहरूले श्रमदानबाट बाटो बनाउन थालेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल