वालिङ, ७ भदौ दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन । छाप्राकको बस्तीमा केही दिन […]
काठमाडौँ, ६ भदौ वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल […]
भादगाउँ (भक्तपुर), ६ भदौ भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर […]
भरतपुर (चितवन), ६ भदौ चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी […]
गण्डकी, ६ भदौ व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई […]
खजुरा (बाँके), ६ भदौ किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ । किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा […]
भक्तपुर, ४ भदौ मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताउनुभयो । घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक […]
वीरगञ्ज, ४ भदौ परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताउनुभएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहजरूपमा सेवा सुविधा पाउने बताउनुभयो । स्थानीय तहलाई भौतिकरूपमा […]
भोजपुर, ४ भदौ ः भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ […]
कर्णाली, ४ भदौ ः कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ […]