विद्यार्थीलाई कपाल काट्ने तालिम

सुलीकोट, जेठ ३२ गते : गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ ।  विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका विद्यार्थीलाई व्यावहारिक ज्ञान सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले कपाल काट्ने तालिम दिएकाे हो । जिल्लाकै सबैभन्दा उत्कृष्ट सामुदायिक विद्यालय महालक्ष्मी माध्यमिक विद्यालयले कक्षा ७ […]

विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती

सर्लाही, जेठ ३२ गते : सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो । सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको मलङ्गवा, बरहथवा, हरिवन, लालबन्दी, बयलवासलगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले […]

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

चितवन,  जेठ ३१  गते :  नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन […]

पाल्पा दरबार परिसरमा धमाधम काम

तानसेन, जेठ ३१ गते : ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो । दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा […]

छोरीको सुरक्षा जीवनभरि कार्यक्रम परिमार्जन गरिँदै

सुर्खेत, जेठ ३१ गते : छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरिने भएको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको हो । आव २०७८/७९ बाट भने छोरीको बैङ्क खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा समेत […]

प्रादेशिक अस्पतालमा ब्लड बैङ्क स्थापनाको माग

बुटवल, जेठ ३१ गते : लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । […]

कलङ्की–चाबहिल चक्रपथ चाँडो निर्माणको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ, जेठ ३१ गते :  संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, […]

जेनेभामा जारी आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गरे मन्त्री अर्यालले

२०८१ जेठ ३० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् । मंगलबार साझ सम्मेलनलाई उनले सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल सरकारले घरेलु रोजगार प्रबद्र्धन दशक घोषणा गरेको जानकारी गराए […]

खाना र क्यान्सरबीचको सम्बन्ध

पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो […]

‘खच्चड मरे म ऋणमा डुब्ने भएँ’

अछाम, जेठ ३० गते । अछामको भाटगाउँका जीवन रोकामगरको मोबाइलमा आइतबार फोन आयो । घरमा खाना खाने तयारी गरिरहेका जीवनले फोनबाटै आफ्ना सबै खच्चड पुलमा दुर्घटनामा परेको खबर पाउनुभयो । थालमा पस्केको खाना खान नपाउँदै उहाँ दुर्घटनास्थलतिर दगुर्नु प¥यो । अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका जोड्ने झोलुङ्गे पुलमा दुर्घटना हुँदा उहाँका खच्चड अड्किएका थिए । त्यो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल