Alliancekhabar

सोमबार, भाद्र २४, २०८१

ताप्लेजुङ, भदौ २४ गते : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाइँको नेतृत्वमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आइतबार उद्धार गरी लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएको छ । अस्वस्थ्य र कमजोर अवस्थामा भेटिनुभएका व्यक्तिलाई फक्ताङ्लुङ गाउँपालिकाको एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकीमा पुर्‍य ाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार सिँवा प्रहरी चौकीबाट खटेको टोलीसमेतको सहयोगमा अलैँची बगानदेखि कपडाको डोली बनाई बोकेर सडकको पहुँच भएसम्म निकालिएको थियो । सडकमा निकालेपछि एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकी पुर्‍य ाएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

अनुमानित ४० देखि ४५ वर्ष उमेरका तराई मूलका जस्ता देखिने व्यक्तिको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको छ । अध्यक्ष लिम्बूका अनुसार नाम, ठेगाना बनाउन नसक्ने ती व्यक्तिले सामान्य हिन्दी भाषा भने बोल्ने गरेका छन् । स्थानीयका अनुसार बेवारिसे अवस्थामा फेला परेका व्यक्ति केही हप्ता अघिदेखि नै अलैँची बगानभित्रको एक ओडारमा रहँदै आएका थिए ।

जङ्गलबाट उद्धार गरिएपछि स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएका उहाँलाई बेवारिसे मानवको संरक्षण गर्ने संस्था वा आफन्तको खोजी गरी पठाउने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल