काठमाडौँ, साउन ९ गते : काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । पाइलट मनीष शाक्यको भने KMC अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक […]
काठमाडौँ, साउन ९ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार […]
बुटवल, साउन ९ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् । मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट […]
धनगढी, साउन ९ गते : कैलालीका विभिन्न नदीमा देखा पर्ने दुर्लभ डल्फिन अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्यामा बढोत्तरी हुन थालेको छ । नदीमा देखा परिरहेका डल्फिन अवलोकनका लागि विदेशीसमेतका पर्यटक आउन थालेका छन् । डल्फिन अवलोकनका लागि आन्तरिकसहित बाह्य पर्यटक आउन थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जनाउनुभयो । उहाँका […]
बैतडी, साउन ९ गते : विद्युत् वितरण केन्द्रले वर्षाैंसम्म महसुल नबुझाउने ९३ वटा सरकारी कार्यालय र ५९९ ग्राहक गरी ६९२ ग्राहकको लाइन काटेपछि ६० लाख रुपियाँ महसुल उठेको छ । ४९९ ग्राहकबाट यतिको रकम उठेको हो । आर्थिक वर्ष २०८०/८१ मा लाइन काटिएका ९३ मध्ये ७६ सरकारी कार्यालय र ५९९ मध्ये ४२३ जना अन्य ग्राहकले ५६ […]
सल्यान, साउन ९ गते : एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । बनगाड कुपिण्डे नगरपालिका –१ बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्ति […]
काठमाडौँ, साउन ९ गते : सरकारले साउन ९ गते देखि १३ गतेसम्म काठमाडौँ उपत्यकाको तीन जिल्लामा पोलियोविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । काठमाडौँको टुकुचा खोलामा पोलियो भाइरस भेटिएसँगै सरकारले उपत्यकाका तीन जिल्लामा जन्मेका जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले […]
नेपालमा सन् २०१० सेप्टेम्बरपछि पहिलो पटक काठमाडौँमा पोलियोको खोपबाट उत्पन्न टाइप तीन भाइरस (विषाणु) भेटिएको छ । निष्क्रिय तर जीवित भाइरस रहेको खोपमा लाखौँ बालबालिकाले सेवन गर्दा एक जनामा आन्द्रामा उत्परिवर्तित हुन सक्ने हुन्छ । १० भन्दा बढी न्युक्लाटाइड परिवर्तन हुँदा संवेदनशील मानिन्छ । १३ जेठमा सङ्कलित नमुनामा जनस्वास्थ्य प्रयोगशालामा प्रासेसिङ तथा बैङ्ककको नेसनल इन्स्टिच्युट […]
ढोरपाटन (बागलुङ), साउन ८ गते : अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा […]
चितवन, साउन ८ गते : भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक […]