आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

काठमाडौँ, असोज १ गते । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि […]

गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस

काठमाडौँ, असोज १ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक र प्रबन्धकलाई पनि […]

२०८१ असोज ०१ गते – 17, Sep, 2024, मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय […]

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौँ, भदौ ३१ गते । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र […]

मेवामा रमाउँदै जनप्रतिनिधि

नवलपुर, भदौ ३१ गते । नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहनुभएको हो । लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उहाँहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहनुभएको छ । हाल […]

नेपाल–बङ्गलादेश विद्युत् व्यापारबारे छलफल

काठमाडौँ, भदौ ३१ गते । नेपाल र बङ्गलादेशबिच विद्युत् सम्झौताबारेमा छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबिच आइतबार भएको भेटघाटमा सो छलफल भएको हो । भेटघाटमा ऊर्जामन्त्री खड्काले दुई देशबिच विद्युत् व्यापार सम्झौता चाँडै हुने र यसका लागि पहल भइरहेको बताउनुभएको छ । नेपालले भारतीय प्रसारण लाइनको […]

नाटक महोत्सव सुरु

काठमाडौँ, भदौ ३१ गते । गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवको पहिलो दिन यामनारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नाटक मञ्चन गरिएको थियो । महोत्सवमा लेखक तथा निर्देशक यादव खरेलले नेपाली […]

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ, भदौ ३१ गते । संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । काठमाडौँको दरबारमार्गमा असोज ३ गते आयोजना गरिने कन्सर्टमा राष्ट्रिय भावना र भ्रातृत्वले प्रेरित अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गायन प्रस्तुत गरिने छ । समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १५१ व्यक्तित्वद्वारा स्वस्फूर्त रूपमा गठित नेसनल डे काउन्सिलद्वारा राजधानीमा आइतबार […]

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, भदौ ३१ गते । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिनुभयो । सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य […]

२०८१ भदौ ३१ गते – 16, Sep, 2024, सोमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रो प्रतिफल पाइएला । खर्च लागेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए पनि अध्ययनमा ध्यान केन्द्रित […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ