प्रहरी हुँ भन्दै रकम उठाउने क्षेत्री पक्राउ

लेखनाथ, साउन ८ गते : प्रहरीको सूचना अधिकारी भएको फर्जी परिचय दिई कुनै काम भए मिलाइदिन्छु भनी रकम माग गर्ने एक जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरीले ह्वाट्स्यप र टेलिग्रामबाट सम्पर्क गरी रकम माग्ने पोखरा महानगरपालिका वडा नम्बर १६, बाटुले चौरका २१ वर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले […]

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

भरतपुर, साउन ८ गते : चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव वस्तिमा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो । गैँडा बूढो भएर मरेको बत्ताइन्छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती,  साउन ७ गते : बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो । प्रदेश प्रमुख […]

‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुर (कैलाली),  साउन ७ गते :  बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो […]

नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने

नेपालगन्ज, साउन ७ गते : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो । दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ […]

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौँ, साउन ७  गते : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो । “उहाँले नै सामन्तवादको अन्त्य र […]

डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ, साउन ७ गते : बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले  कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिनुभयो । उनीबाट सेवाग्राहीबाट लिँदै […]

आजको राशिफल २०८१ साउन ०७ – 22, July, 2024, सोमबार

मेष– नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष– आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, […]

बिमाको औषधी पाउनै मुस्किल

काठमाडौँ, साउन  ६ गते । सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ । सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा  धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् । केही समयअघि वीर […]

दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस

काठमाडौँ, साउन ६ गते : नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रयोगशाला परीक्षणको नतिजा अनुसार काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको छ । उहाँले नेपालमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल