जनप्रतिनिधिले एक वर्षमा पच्चिस लाखको भात खाए

कालीकोट, असोज ७ गते : जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखा परीक्षणको प्रतिवेदनमा पदाधिकारीको सेवा सुविधामा बिल भर्पाईबिना ६३ लाख ३३ हजार भुक्तानी हुनु नियमितविपरीत भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा पदाधिकारीले मोबाइल र टेलिफोन […]

प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक

हेटौँडा, असोज ७ गते : बागमती प्रदेश सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकार बनेको झन्डै दुई महिनापछि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रदेश सभा सचिवालय परिसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको ६७ बुँदे नीतिगत प्राथमिकता […]

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

न्युयोर्क (अमेरिका),  असोज ७ गते :  नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका  प्रधानमन्त्री  केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो । उहाँहरुको भेट राष्ट्रसङ्घका […]

२०८१ असोज ०७ गते – 23, Sep, 2024, सोमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला […]

निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्छ : सभापति देउवा

ललितपुर, असोज ६  गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवस, २०८१ का अवसरमा नेपाली कांग्रेस महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मिस्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै हैन, समावेशी समाज पनि […]

तामाको तरकारी : माग बढ्दो उत्पादन घट्दो

बर्दिवास, असोज ५ गते :  नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ।  बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ।  शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ। तामाको उत्पादन बाह्रैमास हुँदैन।  असार दोश्रो सातादेखि बर्दिबासको बुधबारे र शनिबारे […]

अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौँ, असोज ५ गते : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज [पानस]को कार्यक्रममा सहभागी हुन उहाँहरु बेलायत प्रस्थान गर्नुभएको हो । प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा […]

बाघ व्यवस्थापन चुनौती

छ दशक उमेर पार गरिरहेका पशुपति श्रेष्ठ सधै झैँ गत साउन २० गते पनि ‘मर्निङवाक’ का लागि बिहान ५ नबज्दै घरबाट निस्कनुभयो । उहाँले शरीर फुर्तिलो र निरोगी बनाउन ‘मर्निङवाक’ निस्कन थाल्नुभएको पनि बर्सौं भइसकेको थियो । सधैँ त ‘मर्निङवाक’ सकेर सामान्य अवस्थामै घर फर्कने श्रेष्ठलाई त्यो दिन भने जीवनमै नसोचेको दुर्घटना भयो । उहाँ […]

सस्तो दसैँबजार लगाउने तयारी

बर्दीबास, असोज ४ गते : नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको सस्तो दसैँबजारले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै उपभोक्ता र […]

भाषा ऐन कार्यान्वयनमा समुदायको सक्रियता आवश्यक

हेटौँडा, असोज ५ गते : सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको पहुँच वृद्धि गर्न सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिइएको छ । भाषा आयोग काठमाडौँले शुक्रबार आयोजना गरेको ‘सरकारी कामकाजमा मातृभाषा : बहुभाषी शिक्षाको नमुना विकाससम्बन्धी सहजीकरण’ कार्यक्रमका वक्ताले भाषा र लिपिसम्बन्धी विविधतालाई माथि उठाउनुपर्ने भन्दै सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिएका हुन् । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ