Alliancekhabar

शनिबार, आश्विन ०५, २०८१

र्दिवास, असोज ५ गते :  नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ।  बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ।  शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ।

तामाको उत्पादन बाह्रैमास हुँदैन।  असार दोश्रो सातादेखि बर्दिबासको बुधबारे र शनिबारे हाटमा तामाका मुना र चानाको कारोबार सुरु हुन्छ।  साउन महिना यसको सिजन हो।  भदौदेखि एसको उत्पादन कम हुँदै जान्छ।  असोज लागेपछि बजारमा तामा खोज्ने ग्राहक त भेटिन्छन् तर तामा भने निख्रिएको छ।

बर्दिबासदेखि करिब २६ किमी उत्तर सिन्धुली सीमासँग जोडिएको बर्दिबास १० स्थित वरडाँडाबाट बर्दिबास हाटमा तामा बेच्न आउनुभएकी मञ्जु तामाङले भदौ अन्त्यदेखि तामाका मुना पाइन छाडेको बताउनुभयो।

यो वर्ष बर्दिबासको हाटमा महोत्तरी र धनुषाका गरेर करिब २० जनाले तामाको कारोबार गरेका थिए।  हाटको दिन ९० देखि सय क्विन्टलसम्म तामा बिक्री भएको यसका कारोवारीले बताएका छन्।

बर्र्दिबास बजारमा मुना र चाना गरेर दुई प्रकारको तामाको व्यापार हुने गरेको छ।  धनुषाको धारापानीबाट तामा बेच्न बर्दिबास बजार आउनुभएकी माया तामाङले यो वर्ष मुनाभन्दा चाना तामाको माग बढी रहेको बताउनुभयो।  मौलिक स्वाद र गुणका कारण बर्दिबास क्षेत्रमा उत्पादित तामाको माग बर्षेनी बढ्दै गए पनि यसको उत्पादनमा भने जलवायु परिवर्तनको असर देखिन थालेको स्थानीयको बुझाइ छ ।

चुरे क्षेत्रमा पर्ने खयरमारा १० स्थित तीनतले गाउँका मिलन सिंहका अनुसार खयरमारा खोलाको सुदूर उत्तरी क्षेत्रको करिब ५ किलोमिटर क्षेत्रमा प्राकृतिक बाँस थिए।  अहिले त्यो सबै मासिएको छ।

सिन्धुली सीमासँग जुटेको बर्दिबास १० स्थित बेताल गाउँका वीरसिंह वाइवाकाअनुसार समयमा वर्षा नहुँदा तामा संकलन असहज भएको छ।  पहिले गाउँको छेउछाउमै सजिलै तामाका टुसा पाइन्थे।  अहिले पनि बाँसका झ्याङ त छन् राम्रो वर्ष नहुँदा भने जस्तो मुना पलाउन छाडेको छ।

उहाँकाअनुसार सबै बाँसबाट तामा उत्पादन हुँदैन।  तामा निकालिने बाँस अन्य काममा प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो।  फोस्रे, ढुंग्रे र चाउ बाँसका तामा स्वादिलो हुन्छ।  अरु बाँसको तामा तितो टर्रो हुन्छ।  कहिले खडेरी त कहिले अप्रर्याप्त वर्षाका कारण बाँसका झयाङमा भनेजति मुना न टुसाउदा संकलन गर्न साहै कठिन भएको उहाँहरुको दुखेसो छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल