रड प्रहारबाट हत्या

तुलसीपुर (दाङ), ७ माघ : तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले […]

बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण

खोटाङ, ७ माघ : हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिर ११ गते सम्झौता गरेको थियो […]

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम, ७ माघ : रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो […]

आँबुखैरेनी सामाजिक सुरक्षा कोषमा आबद्ध

दमौली (तनहुँ), ७ माघ : तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सङ्घीय सरकारले सुरुआत गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको छ । सामाजिक सुरक्षा कोषका […]

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौँ, ७ माघ : ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ ।धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण […]

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

काठमाडौँ, ६ माघ : ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने […]

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

काठमाडौँ, ६ माघ : नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाख महिनाभर सञ्चालन गरिने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने छ । आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते […]

कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी

कर्णाली, ६ माघ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार चार सय ६४ मेट्रिक टन यहाँको रैथाने बालीे खरिद गर्ने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशमा उत्पादित […]

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा, ६ माघ : जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् […]

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

भरतपुर, ६ माघ : चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल