काठमाडौँ, माघ ११ गते : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन दुई दशमलव ८५ प्रतिशतले बढेको छ । […]
धनगढी, माघ ११ गते : कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा […]
बुटवल, माघ ११ गते : बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नति कार्यको शिलान्यास बुटवलको जितगढीमा शुक्रबार एक समारोहबिच गर्ने कार्यक्रम रहेको बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले जानकारी दिनुभयो । सडक विस्तारका लागि आवश्यक पर्ने पूर्वतयारीको काम करिब सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँले सडक […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन्, नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका […]
वराहक्षेत्र, माघ १० गते । धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिरपरिसर क्षेत्र र बस्ती सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको छ । हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्ने गर्छ । वराहक्षेत्र नगरपालिका–१ मा रहेको मन्दिर सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको छ । प्रत्येक वर्ष आउने […]
कञ्चनपुर, माघ १० गते । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच÷पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख […]
महोत्तरी, माघ १० गते । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हे¥यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा […]
बुटवल, माघ १० गते । अब बन्ने शिक्षा ऐनमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्न माग गरिएको छ । सरकारले ल्याउन लागेको शिक्षा विधेयकउपर सुझाव सङ्कलनका लागि लुम्बिनी प्रदेशको बुटवल आएको सङ्घीय प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका प्रतिनिधिसँग बुटवलका शिक्षा क्षेत्रका सरोकारवालाले उक्त माग गरेका हुन् । समितिका सभापति अमरबहादुर […]
काठमाडौँ, माघ १० गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन […]
काठमाडौँ, माघ १० गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका […]