काठमाडौँ, ५ माघ : वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२: ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै […]
गोरखा, ५ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिनुभयो । “पालिकाभित्र सुत्केरी गराउन […]
काठमाडौँ, ५ माघ : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो । […]
इलाम, ५ माघः रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्् । रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ […]
परिङाल ९बझाङ०, ५ माघः फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त […]
खजुरा (बाँके), ४ माघ : लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा रु १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवद्र्धनलगायतका प्रदर्शनी कक्ष राखिएको थियो । प्रर्दशनीमा ६५ कक्ष […]
कञ्चनपुर, ४ माघ : शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ […]
ताप्लेजुङ, ४ माघ : ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन […]
काठमाडौँ, ४ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गर्नुभएकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ […]
काठमाडौँ, ४ माघ : चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि […]