काठमाडौँ, फागुन २८ गते । निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ । चलचित्रले मोबाइलको प्रयोगबाट बालबालिकामा पर्ने असरको कथा भन्ने प्रयास गरेको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । टिजरमा कथावस्तु र चरित्रचित्रणको सङ्क्षिप्त झलक दर्साइएको छ । चलचित्रमा […]
काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि […]
गुल्मी, फागुन २८ गते । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर(४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्ड देखी अन्दाजी ३०० मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार साँझ करिब ७स्३० बजेको […]
काठमाडौँ, फागुन २८ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । मान सम्मान बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ । साना व्यक्तिहरूको सहयोगले ठूलो फाइदा मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । जिम्मेवारी भने बढ्न सक्छ । वृष ( इ, उ, ए, ओ, […]
गोठगाँउ (मोरङ), फागुन २७ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग […]
जेद्दा (साउदी अरेबिया), फागुन २७ गते । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् । मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा […]
फुङ्लिङ, फागुन २७ गते । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ वटा स्थानीय तहलाई पछि पार्दै मेरिङदेन गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा मेरिङ्देन गाउँपालिका प्रथम […]
फुङलिङ, फागुन २७ गते। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कृषक, कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले ८ औँ स्थापना दिवसको अवसरमा चार–चार जना कृषक र कर्मचारी तथा एक जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो। पालिकाले विभिन्न वडाका चार जना उत्कृष्ट किसानलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोले जानकारी दिनुभयो। उहाँका […]
ताप्लेजुङ, फागुन २७ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कुल एक हजार ७२३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। सिदिङ्वाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी […]