alliance khabar

मंगलबार, बैशाख ३०, २०८२

धनगढी, वैशाख ३० गते ।

 सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ ।

निकुञ्ज क्षेत्रमा खरमजुर गणना सम्पन्न भए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ,” उहाँले भन्नुभयो, “यो वर्ष खरमजुरको अवस्था के कस्तो छ, त्यसको रिपोर्ट आउन अझै बाँकी छ ।”

पाटेबाघभन्दा पनि दुर्लभ भइसकेको खरमजुर तीव्र गतिमा हराइरहेका छन् । गत वर्ष वैशाखमा यो निकुञ्जमा पहिलो चोटि गणना गर्दा एउटा पनि खरमजुर भेटिएका थिएनन् । जेठमा दोस्रो पटक अवलोकन र ‘स्विप एन्ड सर्च’ विधिबाट गणना गर्दा मात्रै दुई पोथी र तीन भाले गरी पाँच वटा खरमजुर फेला परेका थिए । त्यसबेला शुक्लाफाँटाको घाँसे मैदानमा चार वटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा पोथी खरमजुर देखिएका निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

यो वर्षको तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभए पनि खरमजुरको अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । खरमजुर घाँसमा बस्ने, लुक्ने गर्छ । सङ्ख्याको हिसाबले कम रहेकाले देख्नै मुस्किल हुने गर्छ तर प्रजनन सिजनमा भाले खरमजुर घाँसे मैदानमा २०/३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइन्छ । योबेला खरमजुरको प्रजनन समय हो ।

नेपालमा शुक्लाफाँटासहित मुलुकका केही सीमित ठाउँमा मात्रै खरमजुर पाइने गरेको अभिलेख छ । सन् २०२१ मा शुक्लाफाँटामा सात वटा खरमजुर फेला परेका थिए । यसै गरी सन् २०२३ मा गणना गर्दा पाँच वटा खरमजुर अभिलेख भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल