बजेट पनि ठोस होस् : एमाले

ललितपुर, वैशाख २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा धेरै व्यवस्थित चुस्त र दिशानिर्देशको हिसाबले उत्कृष्ट रहेको […]

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, वैशाख २२ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ […]

२०८२ वैशाख २२ गते – 05 , May , 2025,सोमवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम […]

कक्षा १२ : सिरिजङ्गामा ४५ मिनेट र गढीमा २५ मिनेट ढिला परीक्षा सुरु

फिदिम, वैशाख २१ गते।  पाँचथरको सिरिजङ्गा मा.वि गोपेटारमा प्रश्नपत्र पिन्ट गर्न कठिनाइ हुँदा कक्षा १२ को परीक्षा सुरु गर्न ४५ मिनेट ढिला भएको छ।आइतबार सुरु भएको परीक्षाको पहिलो दिन परीक्षा नियन्त्रण कार्यालयबाट आएको प्रश्नपत्र प्रिन्ट गर्न ढिलाई हुँदा परीक्षा ४५ मिनेट ढिलो मात्रै सुरु भएको परीक्षार्थीले जनाएका छन् । ‘हामी निर्धारित समयमै परीक्षा हल प्रवेश […]

प्रदेशको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह

दाङ, वैशाख २१ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ । प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो । पूर्व अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सवलीकरण र पत्रकारहरुको पेशागत हक […]

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल

काठमाडौँ, वैशाख २१  गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्छ ।

गलत सूचनाको विश्वास नगर्न राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

भक्तपुर, वैशाख २१ गते।  राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो। बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु […]

शिक्षा विधेयक अन्तिम चरणमा

काठमाडौँ, वैशाख २१ गते । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ । समितिले एकसरो छलफल सकेपछि विवादित विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन गत चैत ८ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । अहिले हरेक दिन दिनभरजसो उपसमितिले छलफल […]

शाक्यद्वारा लिखित ‘करुणा’ माथि विमर्श

बनेपा, वैशाख २१ गते । साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिद्वारा शनिबार धुलिखेलमा आयोजित करुणाको आत्मकथाको विमर्शमा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले पुस्तकमा सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, […]

सङ्कटमा ढाका उद्योग

बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल