alliance khabar

बुधबार, आषाढ ३२, २०८२

चन्द्रपुर (रौतहट), असार ३२ गते ।

  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै रौतहटको चन्द्रपुर नगरभित्रका सामुदायिक विद्यालयतर्फ प्रथम स्थान ल्याएको जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३, गैँडाटारलाई  चन्द्रपुर नगरपालिका– ३ का वडा कार्यालयले सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर भोलन, प्रधानाध्यापक रेणुका कुमारी जिसी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको वडाध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समीर’ले विद्यालयलाई बधाई तथा शुभकामना दिनुहुँदै जनशक्ति माविलाई नमुना विद्यालयको रूपमा विकास गर्न आफु काम गरिरहेको बताउनुभयो । उहाँले  आफ्नो निर्वाचन क्षेत्रका शैक्षिक संस्थाहरूको शैक्षिक अवस्था सुधारका लागि योजनाबद्ध रुपमा कार्य अघि बढाएको  बताउनुभयो ।

वडाध्यक्ष देवकोटाले वडाको सम्पूर्ण ध्यान विद्यालयको विकासमा केन्द्रित रहेको बताउनुभयो ।

प्रधानाध्यापक  रेणुका कुमारी जिसीले वडाबाट प्राप्त सम्मानले  विद्यालयलाई अझ  जिम्मेवार बनाएको बताउनुभयो । उहाँले  निःशुल्क  शिक्षालाई व्यवहारमा लागू गर्ने गरेको जानकारी दिनुभयो ।

२०८१ सालको एसइई परीक्षामा विद्यालयबाट ५७ जना विद्यार्थी सहभागी भएकोमा ५१ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक जिसीले जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल