नवीन साझेदारीमा नेपाल र भियतनाम

काठमाडौँ, भदौ ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको […]

सप्तरीमा अन्तर्राष्ट्रिय देव महासम्मेलन हुने

सप्तरी, भदौ ८ गते । सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडी बढाइएको छ। आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिने भएको हो । नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ […]

परराष्ट्रमन्त्रीसँग विपिनको परिवारको भेट : रिहाइको थप प्रयत्न गर्न आग्रह

काठमाडौँ, भदौ ८ गते।  हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा. अरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा  देउवासँग भेट गर्नुभएको हो। मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै उहाँहरुले आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता […]

पौडी खेल्ने क्रममा टेकु दोभानमा बालक बेपत्ता

काठमाडौं,  भदौ ८ गते । काठमाडौँ महानगरपालिका–१२ टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ । सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा भदौ ७ गते दिउँसो साढे २ बजे नदीमा डुबेरबेपत्ता भएको जानकारी दिइएको छ । सशस्त्र प्रहरी बल […]

सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति : उर्जामन्त्री खडका

लहान, भदौ ६ गते ।  उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ । नेपाली कांग्रेसको बौद्धिक उचाइ र चिन्तकको रुपमा चिनिनु भएको स्वर्गीय प्रदिप गिरीको तेस्रो स्मृतिसभालाई बिहीबार लहान नगरपालिकाको सभा हलमा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । देश […]

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौँ, भदौ ६ गते । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र  पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका […]

गोरखामा राजस्वमा वृद्धि

सुलीकोट, भदौ ६ गते । करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वमा वृद्धि गरेको छ । जिल्लामा भएका सरकारी कार्यालय विभिन्न पेशा र व्यवसाय गर्न खोलिएका कम्पनीहरु तथा सङ्घ संस्थाहरुबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर र अन्य सेवा बापत विगतका वर्षहरुमा भन्दा दुई करोड २९ लाख राजस्व वृद्धि गरेको हो । २०७७ सालबाट […]

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ,  भदौ ६ गते । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । बिहीबार एक तोला सुन रु […]

च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

जाजरकोट, भदौ ६ गते । जाजरकोटमा जङ्गलबाट ल्याएका बिसालु च्याउ खाँदा एकै गाउँका ५ परिवारका ११ जना बिरामी परेका छन् । एकै पटक बिरामी भएका भेरी नगरपालिका ४ रानागाउँका ५ परिवारका ११ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । बिरामी हुनेहरुमा भेरी नगरपालिका ४ बस्ने वर्ष ५० का पदम बुढा उहाँकी श्रीमती ४२ […]

रोजगारीमा इजरायलको आकर्षण : सरकारी ढिलासुस्तीले कोटा गुम्ने खतरा

तेलअविव (इजरायल), भदौ ६ गते ।  पछिल्लो समय नेपाली युवालाई इजरायलमा कामका लागि पठाउने कि नपठाउने भन्ने विषयमा नेपाल सरकार दुबिधामा छ । विशेष गरी २०८० असोज २० गते इजरायलको दक्षिणी भूभागमा हमास लडाकुबाट आक्रमणपछि त्यहाँ सृजित युद्धरत अवस्थाका कारण नेपाल सरकार दुबिधामा परेको हो । सोही आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल