चितवन, कात्तिक २५ गते । एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो । नेपाली चलचित्रको इतिहासमा आक्रामक व्यापार गरेको पूर्णबहादुरको सारङ्गीकै गतिमा ‘परान’ चलचित्रले गति लिन थालेको हल सञ्चालकको भनाइ रहेको छ । […]
राजविराज, कात्तिक २५ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेकाहरुमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका […]
काठमाडौँ, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो […]
काठमाडौँ, कात्तिक २५ गते । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ । प्राधिकरणले गत असोज १२ गतेको सूचनाबमोजिम बक्यौताको किस्ता तिर्न नआएको भन्दै […]
काठमाडौँ, कात्तिक २५ गते । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई […]
काठमाडौँ, कात्तिक २५ गते । एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ । मङ्गलबार एक दिन सञ्चालन हुने अफरको उद्देश्य प्रिपेड […]
काठमाडौँ, कात्तिक २५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ६९ पैसा र बिक्रीदर १६४ रुपियाँ ३८ पैसा, युके पाउण्ड […]
काठमाडौँ, कात्तिक २५ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिका लागि छुट्याइएको ८१ लाख रुपियाँको ठेक्कामा ५५ लाख रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । मोटरबाटो स्तरोन्नतिका लागि गाउँपालिकाले ठेक्कामा लगाउने प्रक्रियादेखि नै अनियमितता गरेको दाबीसहित परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा भ्रष्टाचार पुष्टि भएको हो । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय तहमा भवन, […]
काठमाडौँ, कात्तिक २५ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत […]
काठमाडौँ, कात्तिक २५ गते । इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ । एकातिर अत्यधिक करका कारण बढिरहेको सञ्चालन खर्च र अर्कातिर सेवाको […]