काठमाडौँ, कात्तिक १६ गते । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको […]
सरकारको ध्यान निर्वाचनको वातावरण बनाउन केन्द्रित सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ हामी तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नेछौँ कतिपय जेनजीहरू चर्का कुरा गर्छन् काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा संविधानले तोकेको परिधिभित्र रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मुलुकको स्थायित्व, सुशासन र आगामी निर्वाचनका […]
काठमाडौँ, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको […]
काठमाडौँ, कात्तिक १५ गते । सरकारले काठमाडौँको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । बागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो […]
काठमाडौँ, कात्तिक १५ गते। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो। करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने […]
काठमाडौँ, कात्तिक १४ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये […]
पश्चिम नवलपरासी, कात्तिक १४ गते । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल […]
काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको त्रिपक्षी बैठकमा प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । […]
काठमाडौँ, कात्तिक १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको […]
काठमाडौँ, कात्तिक १२ गते। जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र […]