मधेश प्रदेशका मुख्यमन्त्री सोनारद्वारा राजीनामा

जनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले  मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सोनारले विश्वासका मत लिन पेश गर्नु भएको प्रस्ताव प्रदेश सभाले पारित गर्ने सम्भावना नदेखेपछि  प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्नुपर्ने […]

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

काठमाडौँ, कात्तिक २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ […]

समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २० गते। नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु […]

मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग

काठमाडौँ, कात्तिक २० गते ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनबारे निरन्तर छलफल भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन कहिले गर्नेबारे छलफल जारी रहेको छ । पौडेलले भन्नुभयो, “बैठकमा नियमित अधिवेशन गर्ने कि, विशेष […]

रामकुमारी र किसान ‘घर फर्कने’

काठमाडौँ, कात्तिक २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले […]

लागत प्रभावी लगानी ढाँचा तय गर्न गृहकार्य

काठमाडौँ, कात्तिक २० गते । दशक लामो अवधिदेखि चर्चामा रहँदै आएको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लागत प्रभावी लगानीको ढाँचा निर्धारण गर्न सरकारले पहल थालेको छ । कम्पनी मोडेलमा विकास गर्ने निधो गरिएको एक हजार दुई सय मेगावाटको आयोजनामा लगानी कसरी जुटाउने भन्ने गृहकार्य सुरु भएको हो । उक्त आयोजनाले जग्गा अधिग्रहणदेखि आयोजनाको […]

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका घाइते पत्रकारको भेट

काठमाडौँ, कात्तिक १७ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा सोमबार भएको भेटमा घाइते पत्रकारहरुको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ । नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत ढुङ्गाना जेनजी आन्दोलनका क्रममा गत भदौँ २३ गते […]

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

कतार (दोहा), कात्तिक १७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको  छ । उहाँले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताउनुभयो । यहाँस्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा नेपाली समुदायलाई सम्वोधन […]

प्रधानमन्त्रीसँग संसदका पदाधिकारीको भेट, सचिवालयको आकार नघटाउन आग्रह

काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको थियो भने सोमबार संघीय संसद्का पदाधिकारीसँग छलफल गर्नुभएको हो । भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष […]

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौँ,  कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल