विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी

सुर्खेत, चैत १२ गते । गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । विद्युतीय तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुईतले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट […]

कालिगडको किल्लामै छैनन् कालिगड

बैतडी, चैत ७ गते । कुनै बेला कालिगडको किल्ला भनेर चिनिने बैतडी सदरमुकामको बबेत गाउँमा अहिले कलात्मक खोलदेली भएका घर निर्माण गर्न सक्ने ८५ वर्षीय ज्येष्ठ नागरिक अन्तराम वडबाहेक नयाँ पुस्ताका कोही छैनन् । मौलिक घर, पुरातात्त्विक देवस्थल, दरबारमा उपयोग भएका दर्जनौँ सिप पुस्तान्तरण  हुन नसक्दा हराउने अवस्थामा पुगेका छन् । खोलदेली भएका घर र मन्दिर निर्माणका […]

ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को

ललितपुर, चैत ७ गते । चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो । विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना […]

मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ, चैत ६ गते । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् […]

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै हो

काठमाडौँ, फागुन २७ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ । काठमाडौँमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पार्नुभयो […]

सुरुङमार्गको काम रोकियो

काठमाडौँ, फागुन २० गते । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर […]

धवलागिरिको दुर्गम बस्ती बगरमा सडक पुग्यो

म्याग्दी, फागुन ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो । सडक पुगेपछि बगरका स्थानीयहरूमा खुसीयाली छाएको छ । सडक पुगेपछि आवतजावत र दैनिक उपभोग्य […]

कोशी ब्यारेजको विकल्प खोजी

काठमाडौँ, माघ २९ गते ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो । कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ […]

झापा घटना : ५१ युट्युब च्यानलमाथि निगरानी, १५ च्यानल साइबर ब्युरोमा

काठमाडौँ, माघ २५ गते। प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ। शुक्रबारसम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो–तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना–अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानललाई कारबाही गरेको हो। ५१ वटा […]

ललितपुरकाे छपेली–माझखण्ड केबुलकारको शिलान्यास

ललितपुर, माघ २१ गते । ललितपुर जिल्लाकाे माझखण्ड पर्यटन परियोजनाअन्तर्गत छपेली माझखण्ड केबुलकार शिलान्यास सोमबार शिलान्यास गरिएको छ । बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दूरी दुई दशमलव आठ किलोमिटर छ । डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको याे केबलकार एक अर्ब २० करोड लगानीमा बन्ने छ । केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल