प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

हेटौँडा, कात्तिक २० गते ।  बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको ठुलो लगानी भइसक्दा […]

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मर्मत गरी उत्पादन गरिने

दोलखा, कात्तिक २० गते । असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ ।  क्षतिको पुनर्निर्माण गर्न अधिक समय लाग्ने भएकाले मर्मत गरी रन अफ दी रिभर मोडलमा यही कात्तिकको तेस्रो सातासम्म आंशिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य […]

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन […]

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौँ,  कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०:०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न […]

रोजगारी खोज्न भारत पलायन

बैतडी, कात्तिक ८ गते । आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ । दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ […]

तीन सातादेखि विद्युत् उत्पादन ठप्प

ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो । अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर […]

ट्रायल पासपछि मोबाइलमै लाइसेन्स

काठमाडौँ, कात्तिक ४ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आइतबारदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको […]

‘अलर्ट भीमेश्वर’ ले दिन्छ पूर्वसूचना

दोलखा, कात्तिक ४ गते । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ । तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ […]

नारायणगढ–बुटवल सडकखण्डको दुरवस्था, ठेकेदार खोज्न प्रमुख चीनमा

काठमाडौँ/नवलपुर, भदौ १० गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिनुभएको थियो । पद बहाली भएको एक महिनाको अवधिमा हासिल भएका उपलब्धिबारे जानकारी दिन भदौ २ […]

एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

काठमाडौँ, भदौ ८ गते । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल