कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ

बनियानी (झापा), माघ १५  गते । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो । बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ […]

पोखरा–मुग्लिङ सडकखण्ड विस्तार : सटर र टहरा हटाइँदै

कास्की, माघ १५ गते । पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ । पोखरा अमरसिंह चोक पूर्वपट्टि सञ्चालित व्यापारिक प्रयोजनका सटर तथा टहरा हटाउन सूचना जारी गरिएको छ । अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले व्यावसायिक प्रयोजनका सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । समितिको यही […]

सुरक्षित डिजिटल कारोबार

सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई चामत्कारिक सुविधा दिएको छ । साथै बैङ्किङ क्षेत्रमा पनि कारोबारको भुक्तानीमा चामत्कारिक परिवर्तन आएको छ । भौतिक मुद्राको प्रयोग न्यूनीकरण हुँदै गएको र विद्युतीय कारोबार अर्थात् डिजिटल कारोबार बढ्दै गई जनजीवन अत्यन्त सुविधाजनक हुन पुगेको छ । यद्यपि भुक्तानीमा आएको यो सुविधासँगै धेरै खाले जोखिम पनि देखिएका छन् । जसलाई न्यूनीकरण गर्नु चुनौतीपूर्ण हुँदै […]

सञ्चालन नै हुन सकेनन् ‘फायर हाइड्रेन्ट’

काठमाडौँ, माघ १३ गते । काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् । अहिलेसम्म ‘फायर हाइड्रेन्ट’ लाई मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन । मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाभित्रका सडक किनारमा ‘फायर […]

पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड स्तरोन्नति

सिन्धुपाल्चोक, माघ ८ गते । सिन्धुपाल्चोकको उत्तरी भेग पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड अन्तर्गत स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत छ किलोमिटर सडक चौडा गर्ने, नाला निर्माण गर्ने, ग्राभेलिङ गर्ने र कालोपत्रेका काम धमाधम भइरहेको हो । बागमती प्रदेश सरकारले चार करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेपछि सो सडक कालोपत्रेसहित स्तरोन्नति सुरु गरिएको छ । […]

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

गलकोट (बागलुङ), माघ ६  गते । पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ । रु १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच […]

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर (नवलपरासी), माघ २ गते ।  सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]

पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा

नवलपुर, पुस २७ गते ।  पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ । पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी […]

चिनियाँ कम्पनीले भुक्तानी नदिएको गुनासो

हेटौँडा, पुस २४ गते । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुतमार्गमा चिनियाँ कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएको व्यवसायीले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनीले नेपाली निर्माण व्यवसायीलाई लामो समयदेखि भुक्तानी नदिएको यहाँका व्यवसायीको गुनासो छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१, लेनडाँडाको प्याकेज नं. २ को चालिसेडाँडामा माटो कटान गरेको […]

लाखौँ रकम दुरुपयोग न वधशाला न औजार

दोलखा, पुस २० गते  । करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको विशेष पहलमा १० लाख २३ हजार १५३ रुपियाँ लागतमा निर्मित सो वधशाला पानीको अभाव देखाएर दुर्गन्धित बनेपछि हटाइएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल