alliance khabar

मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौँ, फागुन २० गते ।

निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर आयोजनाकै कारण चर्किएको भन्दै त्यहाँका स्थानीयवासीले क्षतिपूर्ति माग राखी काम अवरोध गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत असोजमा धादिङको सिस्नेखोलामा आएको बाढीले ती ठाउँका केही घरमा क्षति पुगेको हो । आयोजनाका कारणले होइन । तर घरधनीले क्षतिपूर्ति माग गर्दै काम अवरोध गरेका हुन् ।”

निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी रहेको आयोजनाका अर्का इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो ।

तर पटक पटकको अवरोधले समयमा लक्ष्य अनुसारको काम हुन नसक्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल