नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण सहमति

काठमाडौँ, पुस १४ गते ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। १० बुँदे सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल […]

सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै

लमजुङ, पुस १४ गते । लमजुङमा पछिल्ला वर्षमा  सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो वर्र्ष सरेर आएको र चालु वर्र्षको मुद्दा गरी १३६ जनाले सम्बन्धविच्छेद गरेका लमजुङ अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताउनुभयो । चालु वर्षको साउनदेखि मङ्सिरसम्म १२४ मुद्दा दर्ता भएको र गत वर्र्षबाट […]

कोल्टीमा इलाका प्रशासन हुने भएपछि दुर्गमका स्थानीय हर्षित

बाजुरा, पुस १४ गते ।  बाजुराको पूर्वीउत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि दुर्गमका स्थानीयमा खुसी छाएको छ । सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्लासहित देशभरका नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टीमा पनि नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि यती बेला यहाँका स्थानीयमा खुसी […]

ट्युसन र वाइरिङ गरेर एमबीबीएसमा पूर्ण छात्रवृत्ति

भारदह(सप्तरी), पुस १४ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका एक विपन्न दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दासले दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको छ । स्थानीय राम किसुन तत्मा दासको छोरा ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो । बिहान बेलुका बाइरिङ्ग गर्ने र बचेको समय विद्यार्थीलाई ट्युसन पढाएर […]

सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

फुङलिङ, पुस १४ गते ।  ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ […]

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार आउँदो निर्वाचनमा उक्त मतदाता सङ्ख्या कायम भएको हो । आगामी प्रतिनिधिसभा सदस्यका लागि […]

शीतलहरका कारण सप्तरीका दुई पालिकाको विद्यालय बन्द

कल्याणपुर (सप्तरी), पुस १४ गते ।  केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् । शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुन थालेका हुन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४े देखि १८ गतेसम्म […]

एमाले बैठक : समानुपातिक उम्मेदवारको नामावली सोमबार पठाइने

काठमाडौँ, पुस १३ गते।  नेकपा (एमाले) को सचिवालय बैठकले  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा  पठाउने निर्णय गरेको छ। एमालेको ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकमा सो निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँले आजको बैठकमा विभिन्न जिल्ला, प्रदेशबाट सिफारिस भएको समानुपातिक नामावली सुझावसहित पारित […]

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको खर्च हद तोकियो

काठमाडौँ, पुस १३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा […]

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

जानकी (बाँके),  पुस १३ गते ।  रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्नुहुन्छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल