alliance khabar

सोमबार, बैशाख ०७, २०८३

महोत्तरी,  वैशाख ७ गते ।

  चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ ।

हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र चनाको सातु एवं सक्खरको सर्वत खुवाउने गरिन्छ । पर्वका अवसरमा जौ र चनाको सातु एवं चिसो सर्वत दान गरेर भोका र तिर्खाएकाहरुलाई खुवाउँदा कहिल्यै नास नहुने पुण्य आर्जन हुने यहाँ जनविश्वास छ ।

यस दिन जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत ख्वाइन्छ, त्यति नै बढी पुण्य मिल्ने विश्वास छ । यसै विश्वासले आज बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् ।

यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर मिलाई चिसो पानीमा बनाइएको सर्वत र मिष्टान्न परिकार खुवाइनु र परिवारजनले खाने चलनभित्र स्वास्थ्य सन्देश पनि रहेको स्वास्थ्यकर्मी बताउँछन् । गर्मी याममा पसिना धेरै निस्कने हुँदा शक्तिवद्र्धक सक्खरको सर्वत र पुष्टिवर्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएइको बर्दिबास–१३ बिजलपुराका बासिन्दा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।

पर्वमा गरिब र अभाव भोगी, खेपिरहेका व्यक्तिलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने मैथिल परम्परा छ ।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि  मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको छ । यसै दिन भगवान् विष्णुको छैटाँै अवतार मानिने भगवान् पर्शुरामको जन्मदिन भएको पनि विश्वास गरिन्छ ।

यो पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले मौसमअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनेसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र  परिवारका सदस्यहरुको जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरुको अन्नप्राशन र विवाहलगायत माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल