दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौ, माघ २ गते । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो । पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट्रपति युन लाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले […]

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर (नवलपरासी), माघ २ गते ।  सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौँ, माघ २  गते ।  चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले  नगरपालिकाले पहिलोपटक  चन्द्रागिरि–१२ स्थित बलम्बु  माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्फत सीप सिकाउन थालेको हो । यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनसँगको सहकार्यमा […]

भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

काठमाडौं, माघ २ गते ।  विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको […]

सबल सूचक, शिथिल अर्थतन्त्र

काठमाडौँ, माघ २ गते । बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट पुसमा मात्रै पटक पटक गरेर चार खर्ब ८० अर्ब रुपियाँ खिचेको छ । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैङ्कले छोटो समयका लागि बोलकबोलमार्फत ती संस्थाबाट निक्षेप सङ्कलन गर्छ । बजारमा तरलता कम हुँदा भने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई […]

२०८१ माघ ०२ गते – 15, Jan, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) संघर्ष गरेरै अधिकार […]

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुर, माघ  १ गते :  जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय […]

देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

धरान (सुनसरी),  माघ १ गते : धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा […]

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

कैलाली,  माघ १ गते :   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहले आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ । उहाँले विभिन्न समुदायद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, […]

भन्सार छलीका सामानसहित दुई पक्राउ

गौर, माघ १ गते : भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् । प्रहरी चौकी वडहर्वाबाट खटेको गस्ती टोलीले बागमती नदी किनारस्थित भारतिय नम्बरको बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार छलीका एक लाख ३९हजारको सामानसहित दुई जनालाई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल