काठमाडौँ, जेठ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । […]
काठमाडौँ, जेठ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अनावश्यक ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् । मङ्गलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी […]
काठमाडौँ, जेठ ५ गते । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार […]
काठमाडौँ,जेठ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, गोलभेँडा साना (टनेल) रु ७८, आलु रातो (लाम्चो) […]
भैरहवा, जेठ ५ गते । सङ्घीय सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आगामी दसैँभित्र वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण गरिसक्ने बताउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत विभिन्न स्थानमा मतदाता तथा स्थानीयसँगको भेटघाटमा उहाँले सरकारले सुकुमवासी समस्या स्थायी रूपमा समाधान गर्ने गरी योजनाबद्ध रूपमा काम अघि बढाएको बताउनुभएको हो । उहाँले सुकुमवासीका नाममा विभिन्न भ्रम फैलाएर आन्दोलनका लागि […]
काठमाडौँ, जेठ ५ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र […]
म्याग्दी, जेठ ४ गते । म्याग्दी जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको छ । सोमबारसम्म जिल्लाका ४ वटा पालिका पूर्ण खोप घोषणा भएको छ भने मंगलबार दुई वटा स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै […]
काठमाडौँ, जेठ २ गते । आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ । यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी […]
काठमाडौँ, जेठ ४ गते । नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने […]
काठमाडौँ, जेठ ४ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो […]