सन्धिखर्क, साउन २२ गते । अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको प्रमाणपत्र लिँदा सात हजार ३६३ जनाले राहदानी बनाएका छन् । यो सङ्ख्या जिल्लाबाटै वितरण भएको राहदानीको सङ्ख्या […]
काठमाडौँ, साउन २२ गते । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन […]
काठमाडौँ, साउन २२ गते । सनातन संस्कृति, सम्पदा र परम्परासँग जोडिएका काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्ने सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएपछि सरोकारवाला नदी व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । २०८० पुस ३ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको फैसला अनुसार बागमती नदीको बहाव […]
धादिङ, साउन २१ गते : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । पहिरोले १५ यात्रु सवार सो माइक्रोबसका सात जना घाइते भएका छन् । पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो […]
कर्णाली, साउन २१ गते : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँले उक्त […]
दमौली (तनहुँ), साउन २१ गते : तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रिया कक्षको आज शुभारम्भ गर्नुहुँदै […]
काठमाडौँ, साउन २१ गते : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र […]
काठमाडौँ, साउन २१ गते : सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु. एक लाख ४९ हजार सात सयमा कारोबार […]
मेष– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष […]
लेखनाथ, साउन २० गते : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले देशको शिक्षा क्षेत्रलाई सबल र प्रभावकारी बनाउन एकीकृत शिक्षा ऐन जरुरी भएकोमा जोड दिनुभएको छ । प्रेस चौतारी कास्कीले आइतबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्म परिमार्जन र पुनर्संरचना जरुरी रहेको औँल्याउनुभयो । “नेपालमा विश्वविद्यालयपिच्छे ऐनहरू छन् तर विद्यालय शिक्षा […]