चितवन, साउन १२ गते । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको […]
काठमाडौँ – साउन १२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै युरोपियन […]
काठमाडौँ – साउन १२ गते। आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ । सभामा कम्पनीको सेयर पुँजीको समुहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ संसोधन गर्ने प्रस्ताव […]
काठमाडौँ – साउन १२ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ […]
ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन […]
कावासोती, साउन ११ गते । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो । यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला […]
काठमाडौँ, साउन ११ गते। आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते […]
काठमाडौँ, साउन ११ गते । लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई चालु आर्थिक वर्ष २०८१/८२ देखि थप कडाइ गर्ने भएको छ । प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएकाले आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो । […]
काठमाडौँ, साउन ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभरि शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताउनु भएको । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले मुलुकभरि ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ र त्यसमा १५ प्रतिशत हिस्सा सामुदायिक विद्युतीकरणको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २०औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित […]
काठमाडौँ, साउन ११ गते। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ। चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो। त्यस्तै, चालु आवको बजेटले कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने […]