तेत्तिसौँ प्रहरी महानिरीक्षकमा कार्की नियुक्त

काठमाडौँ, कात्तिक २५ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत […]

‘भ्वाइस’ को व्यवसाय बन्द हुन सक्ने आकलन

काठमाडौँ, कात्तिक २५ गते । इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ । एकातिर अत्यधिक करका कारण बढिरहेको सञ्चालन खर्च र अर्कातिर सेवाको […]

निर्वाचनमा स्थानीय सरकार अग्रपङ्तिमा रहने : प्रधानमन्त्री कार्की

‘दलसँग रिसाएर होइन, सुधारका एजेन्डा लिएर चुनावमा जाऊ’ काठमाडौं, कात्तिक २४ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारलाई आगामी निर्वाचनको तयारीमा अग्रपङ्तिमा रहने बताउँदै त्यसका लागि सबै तहबीच सुदृढ समन्वयको आवश्यकता औँल्याउनु भएको छ। बालुवाटारमा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै उहाँले भन्नुभयो,‘‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। तपाईंहरूका चासो सम्बोधन गर्न हामी तयार छौँ।’’ जनप्रतिनिधिहरुले प्रधानमन्त्री […]

द्रुतमार्गको प्रगति ४३.६६ प्रतिशत, सात स्थानमा सुरुङ बन्दै

हेटौँडा, कात्तिक २४ गते । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको  चालु आर्थिक वर्ष २०८२÷८३ को असोज मसान्त महिनासम्मको समष्टिगत वित्तीय प्रगति ४४.८९ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको गत असोज […]

सेवा आयोगमा प्राडा शर्मा

काठमाडौं, कात्तिक २४ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ क को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका १८ का प्राडा शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गर्नुभएको […]

प्रहरी वृत्त बानेश्वरको कार्यालयमा आगजनी गर्ने युवक पक्राउ

काठमाडौं, कात्तिक २४ गते।  प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा प्रहरीलाई दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकी हुन्। सिद्धिकीलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

डिजिटल नेपालतर्फ अर्को फड्को : सञ्चारमन्त्रीद्वारा एआई केन्द्रको उद्घाटन

काठमाडौँ, कात्तिक २४ गते।  डिजिटल माध्यममार्फत सार्वजनिक तथा निजी क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थापना गरेको सो केन्द्रको आज सञ्चारमन्त्री जगदीश खरेलले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री खरेलले सानो कोठाबाट सुरुवात भएको यस केन्द्रले नेपालको एआई क्षेत्रमा ठूलो […]

जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, कात्तिक २४ गते ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गर्नुभएको छ । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “साथीहरु, […]

६ महिनामा १२८ फरार प्रतिवादी पक्राउ, दुई करोड २४ लाख जरिवाना असुल

वालिङ(स्याङ्जा), कात्तिक २४ गते । स्याङ्जा प्रहरीले ६ महिनाको अवधीमा १२८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । तिनीहरुबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपियाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाए भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक […]

कोशीलाई खोरेतमुक्त बनाउन खोप अभियान

विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल