alliance khabar

आइतबार, माघ ११, २०८२

मकवानपुर, माघ ११ गते ।

 सहिद दिवस–२०८२ को दोस्रो दिन हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक परिसरमा सरसफाई गरिएको छ । यस वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा आइतबार बिहान सहिद स्मारक परिसरमा सरसफाई गरिएको हो ।

सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताह २०८२ विभिन्न सरकारी तथा गैर निकायहरुसँगको समन्वय र सहकार्यमा साताव्यापी रुपमा १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने क्रममा स्मारक परिसरमा सरसफाई गरिएको बताउनुभयो ।

साताव्यापी कार्यक्रमअन्तर्गत सोमबार समितिको वार्षिक साधारणसभा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को व्यवस्थापनमा सहिद स्मारक र विद्यार्थीहरुबिच अन्तरक्रिया कार्यक्रम गरिनेभएको छ ।

त्यस्तै, माघ १३ गते नेपाल रेडक्रस सोसाईटी हेटौँडा–११ को समन्वयमा स्मारक परिसरमा रक्तदान कार्यक्रम, माघ १४ गते हेटौँडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धान्जली कार्यक्रम, माघ १५ गते मदन भण्डारी फाउन्डेसन मकवानपुरको व्यवस्थापनमा सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने गरी कार्यक्रम तय भएको छ ।

सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, माल्यार्पण, श्रद्धान्जली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।

यसअघि सप्ताहको पहिलो दिन शनिबार सहिद स्मारक विकास समिति परिसरमा सहिद दिवसमा साताव्यापी रुपमा गरिने विभिन्न कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल