काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९१ पैसा र बिक्रीदर १७६ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]
काठमाडौँ, वैशाख ९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ, वैशाख ८ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ । सबै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थ मन्त्रालयमा आमन्त्रित गरी बजेटको तयारी अवस्था, बजेट निर्माणका […]
पाँचथर, वैशाख ७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक […]
काठमाडौँ, वैशाख ७ गते । सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो । वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट १५ दिनमै तलब सुविधा भुक्तानी गर्ने निर्णय भएको हो । अर्थ मन्त्रालयले सरकारी […]
रेसुङ्गा (गुल्मी), वैशाख ७ गते । गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ सम्म सञ्चालन हुने पाँचौँ गुल्मी महोत्सवबाट प्राप्त हुने खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ । पहिलो गुल्मी महोत्सवबाट रिडी प्रवेशद्वार निर्माणका लागि ४० हजार, रेसुङ्गाका लागि ४० हजार, विचित्र गुफाका लागि ४० हजार, कुर्घा […]
तनहुँ, वैशाख ७ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धि र खाना पकाउने ग्यासको बढ्दो लागतले गर्दा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् । ग्यासको तुलनामा विद्युतीय चुलो (इन्डक्सन र इन्फ्रारेड) सस्तो, सुरक्षित र वातावरणमैत्री पाइएपछि तनहुँमा यसको प्रयोगकर्ताको सङख्या उल्लेख्य रूपमा बढेको छ । व्यास नगरपालिका–३ सफा सडकस्थित जिआर ई. […]
नेपालगन्ज, वैशाख ४ गते । बाँकेको जानकी गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गरी आयआर्जन वृद्धिका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ । अतिविपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीयमा नयाँ आशा र उत्साह थपेको छ । जानकी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा जानकी गाउँपालिका–४ को […]
बाजुरा, वैशाख ४ गते । बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो । पहिले सडक सुविधा नहुँदा किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन् । तर, अहिले सडक पहुँच विस्तार भएसँगै उत्पादन बजारसम्म पुर्याउन […]