आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौँ, १ माघ : आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको […]

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ, १ माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९: १५ बजे सुरु हुने […]

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय […]

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

सल्लेरी (सोलुखुम्बु), २९ पुस : सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण […]

हुम्लाका विद्यालयमा हिउँदे बिदा

सिमकोट (हुम्ला), २९ पुस : चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त […]

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि

कास्की, २९ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उपविजेता गलकोटलाई रु […]

एकसाथ चार चलचित्र छायाङ्कन

काठमाडौँ, २९ पुस : अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ । काठमाडौँका विभिन्न […]

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा, २९ पुस : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल […]

दुर्घटनामा दुई जनाको मृत्यु

बनियानी (झापा), २९ पुस : झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल […]

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र

भक्तपुर, २८ पुस : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीय […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल