मेष– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष– पशुपालन तथा […]
नेपालमा सन् २०१० सेप्टेम्बरपछि पहिलो पटक काठमाडौँमा पोलियोको खोपबाट उत्पन्न टाइप तीन भाइरस (विषाणु) भेटिएको छ । निष्क्रिय तर जीवित भाइरस रहेको खोपमा लाखौँ बालबालिकाले सेवन गर्दा एक जनामा आन्द्रामा उत्परिवर्तित हुन सक्ने हुन्छ । १० भन्दा बढी न्युक्लाटाइड परिवर्तन हुँदा संवेदनशील मानिन्छ । १३ जेठमा सङ्कलित नमुनामा जनस्वास्थ्य प्रयोगशालामा प्रासेसिङ तथा बैङ्ककको नेसनल इन्स्टिच्युट […]
ढोरपाटन (बागलुङ), साउन ८ गते : अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा […]
चितवन, साउन ८ गते : भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक […]
लेखनाथ, साउन ८ गते : प्रहरीको सूचना अधिकारी भएको फर्जी परिचय दिई कुनै काम भए मिलाइदिन्छु भनी रकम माग गर्ने एक जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरीले ह्वाट्स्यप र टेलिग्रामबाट सम्पर्क गरी रकम माग्ने पोखरा महानगरपालिका वडा नम्बर १६, बाटुले चौरका २१ वर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले […]
भरतपुर, साउन ८ गते : चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव वस्तिमा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो । गैँडा बूढो भएर मरेको बत्ताइन्छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको […]
मेष– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष– प्रयत्न गरेको काम छोटै समयमा पूरा […]
बागमती, साउन ७ गते : बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो । प्रदेश प्रमुख […]
टीकापुर (कैलाली), साउन ७ गते : बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो […]
नेपालगन्ज, साउन ७ गते : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो । दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ […]