ढाका: बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । विद्यार्थी सङ्गठनले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठुला झडपका घटना भएका छैनन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका […]
नारायणगढ साउन ११ गते : भरतपुर महानगर पालिका वडा नम्बर १ भतेरी जङ्गलस्थित नारायणगढ मुग्लिङ सडक खण्डमा शुक्रवार बिहान ६:१० बजे दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुई ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख […]
मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष– व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ […]
१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औँ राष्ट्र कुन हो ? किरिबाटी (सन् २०२४ जुलाई १८) २. छिन्नलता पुरस्कार २०८० क–कसलाई प्रदान गरियो ? गीत ः वीरेन्द्र पाठक, सङ्गीत ः चण्डीप्रसाद काफ्ले, गायन ः मनिला सोताङ र युवातर्फ ः गायक भुपु पाण्डे ३. नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको […]
काठमाडौँ, साउन १० गते । छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको […]
दार्चुला, साउन १० गते । नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताउनुभयो । […]
काठमाडौँ, साउन १० गते। चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन […]
काठमाडौँ, साउन १० गते । पोखरा विमानस्थलका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट २० तर्फ उड्ने क्रममा धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा प-यो । जहाज हरेक दुई वर्षमा गर्नुपर्ने विस्तृत मर्मतसम्भार ‘सी चेक’ का लागि प्राविधिक र कर्मचारीसहितको टोली बोकेर काठमाडौँबाट पोखराका लागि उडेको थियो । ९ एन एएमई (सिआरजे २००) जहाज बुधबार बिहान […]
काठमाडौँ, साउन १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर […]
हेटौँडा, साउन १० गते । क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा आव २०८०÷८१ मा ११७ वटा उद्योग सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी काशिराम घिमिरेले जानकारी दिनुभयो । उहाँले दिएको तथ्याङ्क अनुसार […]