alliance khabar

आइतबार, भाद्र ०९, २०८१

रामेछाप, भदौ ९ गते ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको लास निकालिएको छ । चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् । बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोज कार्य जारी रहेको वडा सदस्य कँडेलले बताउनुभयो ।

बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल